पाँच उद्योगलाई कारबाही, तीन सिमेन्टको बिक्रीमा रोक

कोल्हवी न्यूज
२०७८ मंसिर २, बिहीबार १७:०७ गते

विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तर बमोजिम नपाइएको भन्दै कारबाही गरेको हो।

नेपाल गुणस्तर तथा नापतौल विभागले तीन सिमेन्ट उद्योगको उत्पादन बिक्रीमै रोक लगाएको छ।

सिरहाको मारुती सिमेन्ट प्रालिद्वारा उत्पादित ओपीसी ४३ ग्रेड, धादिङको युनाइटेड सिमेन्टको उत्पादन ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बा सिमेन्ट प्रालिको उत्पादन पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाएको हो।

त्यस्तै, धनुषास्थित जानकी केवल इन्जिनियरिङ प्रालिको पीभीसी केवल बिक्रीमा पनि रोक लगाएको छ। श्री ग्यास वान नेपाल प्रालिको एलपीजी बोटलिङको काममा रोक लगाएको विभागले जनाएको छ।

प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरेको विभागले जनाएको छ।

विभागले सबै उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*