बारको शान्तिपुर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्योः अधिवक्ता भट्टराई
अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले विगत केही दिनदेखि प्रधानन्यायाधीश नेतृत्व रहन सक्दैन् भनेर आफुहरु उनको राजीनामा माग गर्दै शान्तिपुर्ण आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेको बताए । उनले पत्रकार सम्मेलनमा बोल्दै आफुहरुले गरेको शान्तिपुर्ण आन्दोलन गरीरहँदा प्रहरीले हस्तक्षेप गरेर लाठी प्रहार गरेकोमा आक्रोस व्यक्त गरे ।
उनले बारले गरेको शान्तिपुर्ण भएको भन्दै हातहतियार सहितका मानिसहरु पसेर आफ्ना साथीहरुलाई आक्रमण गरेको समेत बताए । उनले प्रधानन्यायाधीशको दम्भ अति नै बढी भएको समेत आरोप लगाए । न्यायालयमा दंगा प्रहरी हटाउन आग्रह गरेपनि शान्तिपुर्ण धर्ना बसेका साथीहरुप्रति आक्रमण भएकोमा उनले भत्र्सना गरे । एसएलआर सहितको प्रहरीहरु कसरी प्रयोग गरियो भन्दै उनले आवश्यक परे अब आफुहरु अन्तराष्ट्रियकरण समेत गर्ने चेतावनी दिए ।









