धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित ४० वर्षीया महिला पक्राउ

कोल्हवी न्यूज
२०८३ मंसिर ७, आईतवार १५:२८ गते

धनुषा । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी ४० वर्षीया गंगावती महतो रहेकी छन्। उनलाई प्रहरीले शनिबार साँझ धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको टोलीले साँझ करिब ७ बजे महतोलाई पक्राउ गरेको हो।

प्रहरीले जाँच गर्ने क्रममा उनको कम्मरमा लुकाएर राखिएको एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली फेला पारेको जनाएको छ।

पक्राउ परेकी महतोलाई प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*