ग्लोबल आइएमई बैंकको साधारणसभा मंसिर २७ गते हुने

कोल्हवी न्यूज
२०७८ मंसिर २, बिहीबार १६:३९ गते

ग्लोबल आइएमई बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ। बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेबाट सुरु हुने छ।

सभामा बैंकले असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।५ प्रतिशत नगद गरी कुल १३।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*