सर्वोच्चको समस्या सुल्झाउन प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल

कोल्हवी न्यूज
२०७८ मंसिर २, बिहीबार १६:३६ गते

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै उनले अदालतको समस्या छिटो समाधान हुनुपर्ने बताए ।

उनले सर्वोच्चको समस्या समाधानका लागि पाँच दलीय गठबन्धनले पनि साझा धारणा बनाइसकेको समेत उल्लेख गरे । गठबन्धन दलको बैठकले उक्त समस्या छिटो समाधान गर्ने निर्णय पनि गरेको उनले बताए ।

‘हाम्रो पाँच दलको गठबन्धनको बैठकले साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटोभन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ । अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्दै अधिवक्ताहरूले दैनिक जसो सर्वोच्चमा धर्ना दिइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*