न्युजिल्यान्डविरुद्ध भारतको रोमान्चक जित, चम्किए सूर्यकुमार

कोल्हवी न्यूज
२०७८ मंसिर २, बिहीबार ०६:४२ गते

जयपुरमा खेलिएको टी २० प्रतिस्पर्धामा न्युजिल्यान्डलाई पाँच विकेटले हराएर भारतले तीन म्याचको सिरिजमा १–०को अग्रता लितएको छ । भारतले यो खेलमा दुई बल बाँकी हुँदा जित निकालेको थियो ।

अन्तिम ओभरमा १० रनको आवश्यकता भएको खेलमा भारतले न्युजिल्यान्डमाथि रोमान्चक जित हासिल गरेको हो । केही दिनअघि मात्र सकिएको टी २० विश्वकपमा पराजित भारतको यो जितमा सूर्यकुमारको विशेष भूमिका रहेको थियो ।

सूर्यकुमारले भारतका लागि ४० बलमा ६२ रन जोडे । उनले आफ्नो पारीमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । १७ औं ओभरमा ट्रेन्ट बोल्टबाट आउट भएका सूर्यकुमार यादवले भारतका लागि सहज जित निकाल्न सहयोग गरेका हुन् । उनी आउट हुँदा भारतका लागि २० बलमा २१ रनको आवश्यकता थियो ।

भारतका लागि यो खेलमा रोहितले पनि राम्रो प्रदर्शन गरे । उनले ३६ बलमा ४८ रन बनाए । रोहित शर्माले पहिलो विकेटका लागि केएल राहुलसँग ५० रनको पारी खेलेका थिए । राहुलले खेलमा १५ रन बनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*