हेटौँडा उपमहानगरपालिका–१६ मा वडा कमिटी गठन : अध्यक्षमा रेशमलाल डिम्डुङ सर्वसम्मत

कोल्हवी न्यूज
२०८३ कार्तिक २३, आईतवार ०६:५० गते

हेटौँडा । उज्यालो नेपाल पार्टीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ मा वडा कमिटी गठन गरेको छ। कमिटीको अध्यक्षमा रेशमलाल डिम्डुङ सर्वसम्मत चयन भएका छन्।

आज आयोजित कार्यक्रममा डिम्डुङको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो। पार्टीका केन्द्रीय सदस्य मेजरमान मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा पार्टीका बागमती प्रदेश उपाध्यक्ष सरिता थिङ, प्रदेश सदस्य विकास वाईबा, जिल्ला अध्यक्ष सुरेन्द्र योञ्जन, जिल्ला उपाध्यक्ष उत्तम गोम्जालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

पार्टीले ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ को नारालाई अघि सार्दै संगठन विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ। वडा तहसम्म संगठनलाई मजबुत बनाउँदै पार्टीका नीति तथा कार्यक्रम जनतामाझ पुर्‍याउने उद्देश्यले कमिटी गठन गरिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*