सोमनाथ मन्दिर आसपास मांसाहारी खाद्य पदार्थमाथिको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतको अस्वीकार

कोल्हवी न्यूज
२०८३ कार्तिक २२, शनिबार ०७:१४ गते

भारतको सर्वोच्च अदालतले गुजरातस्थित प्रसिद्ध सोमनाथ मन्दिर आसपास मासु तथा मांसाहारी खाद्य पदार्थ पकाउने, बिक्री गर्ने र भण्डारण गर्ने कार्यमा लगाइएको प्रतिबन्ध हटाउन अस्वीकार गरेको छ।

गुजरात उच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले तत्काल प्रतिबन्ध हटाउन आवश्यक हस्तक्षेप नगर्ने निर्णय गरेको हो।

न्यायाधीश एमएम सुन्दरेश र न्यायाधीश प्रसन्ना बी. वरालेको संयुक्त इजलासले छ जना खाद्य व्यवसायीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

सर्वोच्च अदालतले गुजरात उच्च अदालतमा विचाराधीन रहेको अपिलमाथि दुई महिनाभित्र अन्तिम फैसला गर्ने प्रयास गर्नसमेत निर्देशन दिएको छ।

अदालतको पछिल्लो आदेशसँगै उच्च अदालतबाट अन्तिम निर्णय नआएसम्म सोमनाथ मन्दिर आसपास मासु तथा मांसाहारी खाद्य पदार्थ पकाउने, बिक्री गर्ने र भण्डारण गर्ने कार्यमाथिको प्रतिबन्ध कायमै रहने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*