नेप्सेमा सामान्य सुधार, २.६४ अंकले बढेर २६५५ बिन्दुमा बन्द

कोल्हवी न्यूज
२०८३ कार्तिक २१, शुक्रबार १६:५२ गते

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि देखिएको छ। दिनभर उतारचढावपूर्ण कारोबार भएको बजार अन्ततः २.६४ अंकले बढेर २६५५.२२ बिन्दुमा पुगेर बन्द भएको हो।

कारोबारको मध्याह्नतिर २६६२ बिन्दुसम्म उक्लिएको नेप्से त्यसपछि केही घटेको थियो। यद्यपि, कारोबारको अन्तिम समयमा पुनः सम्हालिँदै बजार सकारात्मक अवस्थामा बन्द भएको हो।

आज कुल ३३६ वटा कम्पनीका स्क्रिप्स कारोबारमा आएका थिए। दिनभर ३३ हजार २१५ वटा कारोबारमार्फत १ करोड ७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा सेयर मूल्य बढ्ने कम्पनीको संख्या घट्नेको भन्दा बढी रह्यो। आज १५८ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

उपसमूहगत कारोबारमा पनि अधिकांश समूहले सकारात्मक प्रदर्शन गरेका छन्। अन्य समूहमा भने सामान्य गिरावट देखिएको छ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रह्यो। कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ। अन्य कम्पनीको सेयर मूल्यमा भने एकल अंकको उतारचढाव देखिएको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रह्यो। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*