बाराको पथलैया जंगलको झाडीमा ४२ वर्षीय पुरुष अचेत अवस्थामा फेला, उपचारका लागि वीरगन्ज पठाइयो

कोल्हवी न्यूज
२०८३ कार्तिक २०, बिहीबार २०:०३ गते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट करिब एक किलोमिटर उत्तरतर्फ जंगलको झाडीमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब १० बजेको समयमा अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी पथलैयाबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले तत्काल उद्धार गरी ती पुरुषलाई उपचारका लागि वीरगन्जस्थित नारायणी न्युरो अस्पताल पठाएको जनाएको छ ।

हालसम्म ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनको हुलिया अनुसार गहुँगोरो वर्ण, करिब ५.५ फिट उचाइ र कालो कपाल रहेको छ । उनले निलो रङको जिन्सको हाफप्यान्ट र खरानी रङको टिसर्ट लगाएका छन् ।

उक्त हुलिया भएका व्यक्तिलाई चिन्नुहुने वा उनका आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा तत्काल सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*