बाराका भुपेन्द्र चौधरीसहित दुई चालक लागूऔषध सेवन गरी सवारी चलाउँदा पक्राउ
मकवानपुर । मकवानपुरमा लागूऔषध सेवन गरी सवारी साधन चलाउने दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटे र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा गरेको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मिति २०८३ कात्तिक १९ गते बिहान करिब ११ः३० बजे गरिएको चेकजाँचका क्रममा ५१ जना सवारी चालकको परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा रौतहटको परोहा नगरपालिका–५, नमनगढाका २१ वर्षीय सरताज आलम र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१५ का ३४ वर्षीय भुपेन्द्र चौधरीले लागूऔषध सेवन गरेको पोजेटिभ रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गरेको पुष्टि हुने परीक्षण रिपोर्ट आएपछि दुवै चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









