चेक बाउन्स मुद्दामा बाराका एक वडा अध्यक्ष पक्राउ

कोल्हवी न्यूज
२०८३ कार्तिक २०, बिहीबार १५:१६ गते

बारा । चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार कलैयाबाट पक्राउ गरेको हो।

बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको २०८३ कात्तिक १३ गतेको आदेशअनुसार कुशवाहालाई पक्राउ गरिएको हो।

कलैया उपमहानगरपालिका–२३ निवासी अनिलकुमार पटेलले कुशवाहाविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा वादीको बिगो दाखिला गराउन कुशवाहालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको थियो।

अदालतको आदेश र पत्रका आधारमा पक्राउ परेका वडा अध्यक्ष कुशवाहालाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*