आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५१ रुपैयाँ ८९ पैसा

कोल्हवी न्यूज
२०८३ कार्तिक २०, बिहीबार ०६:४० गते

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा र खरिददर १५१ रुपैयाँ २९ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा, यूके पाउन्ड स्ट्रलिङको २०३ रुपैयाँ ६९ पैसा र स्विस फ्रयांकको १८५ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ ६९ पैसा र सिंगापुर डलरको ११८ रुपैयाँ ५८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

एसियाली मुद्रातर्फ जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ७७ पैसा, साउदी रियालको ४० रुपैयाँ ४७ पैसा र कतारी रियालको ४१ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

त्यसैगरी, थाई भाट एकको बिक्रीदर ४ रुपैयाँ ५० पैसा, यूएई दिरामको ४१ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ २६ पैसा र दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, कुवेती दिनारको ४९३ रुपैयाँ ०७ पैसा, बहराइन दिनारको ४०२ रुपैयाँ ६२ पैसा र ओमनी रियालको ३९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*