नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर सवा ७ अर्ब नाघ्यो

कोल्हवी न्यूज
२०८३ कार्तिक १९, बुधबार १६:५६ गते

साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। दिनभर उतारचढाव देखिएको बजार कारोबार बन्द हुने समयमा हरियो बनेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १.४० अंकले बढेर बन्द भएको छ। सामान्य अंकले बजार बढे पनि कारोबार रकम भने उल्लेख्य रहेको छ। यस दिन कुल ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार कारोबार रकम बढेको हो।

बुधबार नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यसैगरी श्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबारमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भएको वृद्धिले बुधबारको सेयर बजारलाई चलायमान बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*