वीरगन्जमा २७.७० तोला चाँदीसहित बाराका दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८३ कार्तिक १८, मंगलवार २१:३० गते

वीरगन्ज । पर्साको वीरगन्जबाट अवैध रूपमा ल्याइएको २७.७० तोला चाँदीका विभिन्न सामानसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ का ३६ वर्षीय रामप्रकाश सराफ र गढीमाई गाउँपालिका–५ का ३९ वर्षीय कृष्ण सहनी रहेका छन्। उनीहरू हाल वीरगन्ज महानगरपालिका–१६ नगवा क्षेत्रमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चाँदीका विभिन्न सामान फेला परेको थियो।

इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार दुवै जनालाई चाँदीका सामानसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*