डलरदेखि दिनारसम्मको आजको विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

कोल्हवी न्यूज
२०८३ कार्तिक १९, बुधबार ०७:१४ गते

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०६ पैसा तोकिएको छ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल ४१ रुपैयाँ ६० पैसा, यूएई दिराम ४१ रुपैयाँ २९ पैसा र मलेसियन रिङ्गेट ३७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।

खाडी मुलुकका मुद्रामध्ये कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८५ पैसा रहेको छ। बहराइन दिनारको बिक्रीदर ४०३ रुपैयाँ २० पैसा र ओमनी रियालको बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*