बारामा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर युवक घाइते
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक युवक घाइते भएका छन् ।
कात्तिक १६ गते साँझ स्थानीय ३० वर्षीय गोबिन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।
घाइते रमौलीको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले भरुवा बन्दुक पड्काउने गोबिन्दलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









