बाराका युवक पर्सामा मोटरसाइकल चोरी गर्दागर्दै पक्राउ

कोल्हवी न्यूज
२०८३ कार्तिक १७, सोमबार १९:५८ गते

पर्सामा मोटरसाइकल चोरी गर्ने क्रममा बाराका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने क्रममा चौधरी पक्राउ परेका हुन्।

वीरगञ्ज–१६ लिंकरोडमा पार्किङ गरी राखिएको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको रातो–कालो मोटरसाइकलको लक तोडेर डोऱ्याउँदै भाग्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले आइतबार बिहान मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*