पर्साको जीराभवानीमा मोटरसाइकल दुर्घटना, ४५ वर्षीय चालकको मृत्यु

कोल्हवी न्यूज
२०८३ कार्तिक १७, सोमबार १४:११ गते

पर्सा । पर्साको जीराभवानी गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार राति बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय संजय खवासको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका खवासलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*