स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक रौतहटबाट पक्राउ

कोल्हवी न्यूज
२०८३ कार्तिक १७, सोमबार १६:४३ गते

बारा। रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्लाको घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा नगद फेला पारेको थियो।

प्रहरीका अनुसार दासको साथबाट एक हजार रुपैयाँका ५९३ थान र पाँच सय रुपैयाँका ८१४ थान गरी कुल १० लाख रुपैयाँ बरामद भएको छ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित उनलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*