मकवानपुरको बकैयामा बालिकामाथि जबरजस्ती करणी, जाहेरी दर्ता
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार २०८३ कात्तिक १६ गते राति करिब १ः४० बजे बकैया गाउँपालिका–१ रजुवामा घटना भएको हो।
हेटौँडा उपमहानगरपालिका–१५ घट्टेदमार घर भएकी बालिका हाल रजुवास्थित दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। सोही स्थानका २६ वर्षीय रामशरण भोम्जनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।
घटनाबारे जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









