भारतबाट अवैध रूपमा ल्याइएका २४ कार्टुन कुखुराका चल्ला शसस्त्र प्रहरी बल सुरक्षा बेश कोल्हवी द्वारा नष्ट
कोल्हवी,बारा।कोल्हवी नगरपालिका–१ स्थित मठवा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका कुखुराका चल्ला शसत्र प्रहरी बल सुरक्षा बेश कोल्हवी बाट खटी गएको ईन्चार्ज सई रामाअयोध्या महतोको कमाण्डमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ।
बिहान करिब ५ः१० बजे तामागढी सडक खण्डको मठवामा सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा नेपालतर्फ आउदै गरेको ३ साईकलमा ल्याईएको २४ कार्टुन कुखुराका चल्ला नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका चल्लाको अनुमानित मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ। अवैध रूपमा पैठारी गरिएका ती चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट मटिअर्वा, बाराबाट खटिएका प्रतिनिधि बिनोद यादब,वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी,अनुसन्धानका जङग बहादुर चौधरी,सन्चार्कर्मी,राजनितिकर्मी भुवन चौधरी लगाएतको रोहवरमा खाडल खनी गाडेर नष्ट गरिएको हो।
नेपाल सरकारले पक्षी तथा पक्षीजन्य पदार्थको अवैध पैठारी नियन्त्रण गर्न प्रतिबन्ध लगाएको अवस्थामा भारतबाट लुकाइछिपाइ कुखुराका चल्ला भित्र्याउने प्रयास भएको घटनाले सीमा क्षेत्रमा हुने अवैध ओसारपसारको विषयलाई पुनः उजागर गरेको छ।









