सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ

कोल्हवी न्यूज
२०८३ आश्विन २९, बिहीबार १६:३५ गते

सर्लाही, २९ असोज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थापाको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई हातहतियार तथा गोलीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*