राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी

कोल्हवी न्यूज
२०८३ आश्विन २७, मंगलवार १८:०९ गते

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले दुवै अध्यादेश जारी गरिएको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*