भारतबाट नगद र गरगहना चोरी गरेर ल्याएपछि पक्राउ परे दुई नेपाली

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार ०९:४९ गते

भारतबाट नगद र गरगहनालगायत सामान चोरी गरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरबाट गरगहना बरामद गरी दुई जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो। उनीहरूले भारतको ब्याङ्लोरबाट नगद तथा गरगहना चोरी गरेर ल्याएको भन्ने सूचनापछि प्रहरीले छापा मारेको थियो।

कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षीय लालबहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षीय विष्णु शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ल्यापटप चार थानसमेत बरामद गरिएको छ। नगद भारतीय ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार दुई सय साठी, अमेरिकी डलर एक हजार पाँच, क्यानडियन डलर दुई हजार आठ सय दश, मलेसियन रिंगिटी २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३०, चाइनिज युवान १६१ पनि बरामद भएको छ।

सुनजस्तो देखिने पदार्थका गहना पनि बरामद भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*