बोलेरोको ठक्करबाट मोटरसाइकलमा सबार युवकको मृत्यु

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार ०९:४६

मकवानपुरको हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सबार एक युवकको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक गएराति भैँसी बोकेको ना ३ च ११९३ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ। मृतक रिजाल मकवानपुरकै कैलाश गाउँपालिका ४ का स्थायी बासिन्दा हुन्।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भ्यानले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका रिजालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि पिकअप भ्यान र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*