सरकारले उखु किसानका लागि स्वीकृत गर्‍यो डेढ अर्ब रुपैयाँ अनुदान

कोल्हवी न्यूज
२०८३ आश्विन २३, शुक्रबार १६:०२ गते

सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अनुदान वितरणसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन्।

मन्त्री चौधरीको निजी सचिवालयका अनुसार कार्यविधि स्वीकृत भएसँगै किसानलाई अनुदान वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

मन्त्रालयका अनुसार उक्त अनुदान बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।

सरकारले उखु खेतीलाई प्रोत्साहन गर्न किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ। यस व्यवस्थाले उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्नुका साथै खेतीप्रति आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*