प्रधानन्यायाधीश विवादबारे बोल्यो सत्ता गठबन्धन
२०७८ मंसिर १, बुधबार ०८:०० गते
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसन तथा सर्वोच्चकै न्यायाधीशहरूले आन्दोलन गरिरहेको झन्डै महिना दिन हुन लाग्दा पनि राजनीतिक दलहरू मौन बसेको भन्दै आलोचना भइरहेका बेला सत्ता गठबन्धनमा आबद्ध पाँच दलले यस विषयमा मुख खोलेका छन्।
गठबन्धनका दलद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ‘सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण’ जनाएको हो।









