आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

कोल्हवी न्यूज
२०८३ आश्विन २१, बुधबार ०६:२९ गते

 नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३३ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*