बारामा राष्ट्रिय स्वतन्त्र पार्टीको‘हामी आउँदै छौँ’अभियान, असोज २० देखि २३ गतेसम्म विभिन्न स्थानमा कार्यक्रम

कोल्हवी न्यूज
२०८३ आश्विन २०, मंगलवार १७:४८ गते

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत बारा जिल्लामा चारदिने कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार असोज २० गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिने भएको हो।
अभियानअन्तर्गत पार्टीका नेताहरू प्रकाश गौतम, दिपक कु. साह र बब्लु गुप्ता लगायतको सहभागितामा जिल्लाका विभिन्न स्थानमा स्थानीय नागरिकसँग भेटघाट, छलफल तथा संगठनात्मक गतिविधि सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमअनुसार २०८३ असोज २० गते जितपुरसिमरामा कार्यक्रम हुनेछ। दिउँसो ८ बजेदेखि श्री दुर्गानगर मन्दिरको सभाहल परिसर, जितपुरसिमरा–१ मा कार्यक्रम आयोजना गरिने तालिकामा उल्लेख छ।
त्यसैगरी असोज २१ गते महागढीमाई, कलैया, देवताल, सुवर्ण र करैयामाईमा कार्यक्रम तय गरिएको छ। महागढीमाई–१ गढीमाई मन्दिरको पछाडि बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रमपछि कलैयामा बिहान ११ बजे, देवतालमा दिउँसो १ बजे, सुवर्णको कवहीमा दिउँसो ३ बजे तथा करैयामाई–५ तेतरियास्थित धर्मशालामा बेलुका ५ बजेदेखि कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
असोज २२ गते प्रसौनी, विश्रामपुर, फेटा, परवानीपुर र आदर्शकोतवालमा कार्यक्रम हुनेछ। यस्तै, असोज २३ गते निजगढ, कोल्हवी, बारागढी, सिम्रौनगढ र पचरौतामा अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ। कोल्हवीमा शुभ बिहानी होटलमा बिहान ११ बजेदेखि कार्यक्रम हुने तालिकामा उल्लेख छ।
पार्टीले अभियानमार्फत स्थानीय नागरिकका गुनासा, सुझाव तथा अपेक्षा बुझ्दै संगठन विस्तार र आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ। अभियानको मूल सन्देश ‘विश्वासको शक्ति, परिवर्तनको यात्रा’ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*