नेप्से ११.९६ अंक बढ्यो, ३ अर्ब १३ करोडको कारोबार

कोल्हवी न्यूज
२०८३ आश्विन २०, मंगलवार १६:५६ गते

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७८ अंकमा पुगेको छ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ।

आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहतर्फ अधिकांश सूचक बढेका छन्। बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ र व्यापार समूह ०.८२ प्रतिशतले बढेका छन्।

निर्जीवन बीमा समूह ०.०६ प्रतिशत तथा माइक्रोफाइनान्स समूह ०.१७ प्रतिशतले घटेका छन्।

मंगलबार त्रिशूली जलविद्युत्को सेयर मूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ। सालपाको विकास बैंक ३.७७, हाथवे इन्भेस्टमेन्ट ३.६५, बुटवल पावर ३.५७ र लिबर्टी इनर्जी ३.५० प्रतिशतले बढेका छन्।

यता सर्वोत्तम पेन्ट्सको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावर ३ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य २.८४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*