बेल्जियमलाई बराबरीमा रोक्दै वेल्स विश्वकप छनोटको प्लेअफमा

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार ०७:५६ गते

फिफा विश्वकप छनोटमा बेल्जियमलाई बराबरीमा रोक्दै वेल्सले प्लेअफ खेल्ने भएको छ।

युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा बेल्जियमलाई १(१ गोलको बराबरी रोक्दै वेल्स समूह ई बाट प्लेअफमा स्थान पक्का गरेको छ। बेल्जियम यसअघिनै समूह विजेता बन्दै विश्वकपमा सोझै छनोट भइसकेको छ।

खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई सुरूवाती अग्रता दिलाएका थिए। तर, खेलको ३२ औं मिनेटमा केइफर मोरेले गोल गर्दै वेल्सलाई १(१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन।

बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले समूह ई बाट विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ।

बेल्जियमले ८ खेलमा २० अंक जोड्दा, वेल्सले १५ अंक जोडयो। यस्तै चेक रिपब्लिक १४ अंक जोडेर तेस्रो भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*