दसैँ–तिहार लक्षित साल्ट ट्रेडिङको सुपथ मूल्य पसल हेटौँडामा सञ्चालन

कोल्हवी न्यूज
२०८३ आश्विन १९, सोमबार १६:१८ गते

हेटौँडा । दसैँ–तिहारलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, हेटौँडा शाखाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेदेखि कात्तिक मसान्तसम्म सञ्चालन हुने पसलबाट सर्वसाधारणले दैनिक उपभोग्य वस्तुहरू सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्।

सुपथ मूल्य पसलमा आयो नून, चिनी, मैदा, तोरीको तेल तथा विभिन्न ब्रान्डका पिठोलगायत खाद्य सामग्री छुटसहित बिक्री भइरहेको छ।

हाल आयो नून १ केजी २४ रुपैयाँ, चिनी २ केजी २०० रुपैयाँ, मैदा २ केजी ११६ रुपैयाँ, शान्ति तोरीको तेल १ लिटर ३७३ रुपैयाँमा उपलब्ध रहेको छ।

त्यस्तै, मानश्री पिठो २ केजी १२५ रुपैयाँ, ५ केजी २६२ रुपैयाँ तथा शिवालिक पिठो २ केजी १३६ रुपैयाँमा बिक्री भइरहेको छ। शिवालिक पिठो १५ केजीको प्याकेटसमेत उपलब्ध रहेको साल्ट ट्रेडिङ हेटौँडा शाखाले जनाएको छ।

सुपथ मूल्य पसल हेटौँडा औद्योगिक क्षेत्रमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको शाखा कार्यालयमा सञ्चालन भइरहेको छ। चाडपर्वको समयमा उपभोक्तालाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको सहुलियत पसलबाट अधिकतम लाभ लिन शाखाले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*