सशस्त्र प्रहरीको चेकजाँचमा बाराबाट ९ लाखभन्दा बढीका सामान बरामद

कोल्हवी न्यूज
२०८३ आश्विन १९, सोमबार ११:४४ गते

बारा । सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानमा गरेको चेकजाँच तथा निगरानीका क्रममा भन्सार छली ल्याइएका करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार गण तथा मातहतका युनिटबाट परिचालित टोलीले रजनीगन्धा, कपडा, मोबाइल पार्ट्स, पिनट, डेरी मिल्क, स्नाइकल चकलेट, खजुर, टायर, मोटरसाइकल, किराना सामान तथा पटका बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानको कुल अन्दाजी मूल्य ९ लाख ६९ हजार १७० रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*