प्रचण्डले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने ‘खुसीयाली’मा नगरपालिकाले दियो बिदा

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार ०७:४९ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने कार्यक्रमका लागि नगरपालिकाले सार्वजनिक बिदा नै दिएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो। प्रचण्डले आज आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।

रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर ५ मा कार्यक्रम गरेर संयुक्त रूपमा यी सबै केन्द्रहरू उद्घाटन गरिने भएको छ।

नगरपालिकाले मंगलबार सूचना निकालेर एक दिनका लागि सार्वजनिक बिदा दिने जानकारी गराएको छ।

नगर प्रमुख अशोककुमार मण्डलले सूचना निकालेर प्रचण्ड प्रमुख अतिथि हुने कार्यक्रमका लागि सार्वजनिक बिदा दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*