बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलद्वारा मुख्यमन्त्रीसमक्ष कार्यसम्पादन करार सम्झौता

कोल्हवी न्यूज
२०८३ आश्विन १३, मंगलवार १९:१८ गते

हेटौँडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले माननीय मुख्यमन्त्रीज्यूसमक्ष कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ।

 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडा, मकवानपुरमा आयोजित मन्त्रीहरूको कार्यसम्पादन करार समारोहमा मन्त्री पौडेलले प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश सुशासन नियमावलीको नियम ९ बमोजिम कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो।

 

 

 

प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले उक्त कार्यसम्पादन करार सम्झौता गरिएको हो। सम्झौताले मन्त्रालयका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, निर्धारित लक्ष्य प्राप्ति र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*