नेप्से ओरालो लाग्दा कारोबार ४ अर्ब ६५ करोडमा सीमित

कोल्हवी न्यूज
२०८३ आश्विन १३, मंगलवार १६:५९ गते

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेर २६०३ अंकमा झरेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर रह्यो।

समूहगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ। बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५० र माइक्रोफाइनान्स समूह ०.५५ प्रतिशतले घटेका छन्। निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशतले बढेका छन्।

मंगलबार सयपत्रि हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशतले बढेको छ। सर्वोत्तम पेन्ट्स ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनी ३.४६ र मेन्छियाम हाइड्रोपावर ३.४० प्रतिशतले बढेका छन्।

यता धौलागिरि लघुवित्तको मूल्य ४.२३ प्रतिशत, एपोलो हाइड्रोपावर ४.१४, शिखर पावर ४.०८, मान्डु हाइड्रोपावर ३.७२ र कालिन्चोक दर्शन ३.०१ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र माउन्टेन इनर्जी अगाडि रहे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*