नर्वेलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार ०७:४१ गते

फिफा विश्वकप छनोटमा युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नर्वेमाथि २(० को जित हात पारेको छ ।

यो जितसँगै समूह ‘जी’ बाट नेदरल्यान्ड्सले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

डि कुइप स्टेडियममा नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपाएले एक(एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४औं मिनेटमा स्टेभेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । समयमा डिपाएले गोल गर्दा नेदरल्यान्ड्सले २(० को जित हात पार्‍यो ।

शीर्ष स्थानको नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोडदा नर्वे १८ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

समूह ‘जी’का अन्य खेलमा टर्कीले मोन्टेनग्रोलाई २(१ तथा लात्भियाले जिब्राल्टरलाई ३(१ ले पराजित गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*