नेप्से १६ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो
साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से १६.४७ अंकले घटेको छ। बजार ०.६२ प्रतिशतले घटेर २ हजार ६१३.३३ विन्दुमा बन्द भएको हो।
सोमबार ३५७ धितोपत्रको ५८ हजार ५ सय कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर किनबेच भएका छन्। दिनभरमा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज व्यापार उपसमूहमात्रै बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक १.२० प्रतिशतले घटेको छ।
कारोबार भएका धितोपत्रमध्ये केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ। त्यस्तै, लक्ष्मी सनराइज डिभेन्चर १० प्रतिशत र प्राइम बैंक डिभेन्चर ८.८३ प्रतिशतले बढेका छन्।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घटेको छ। इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड र द्यौलागिरी लघुवित्त वित्तीय संस्थालगायतका धितोपत्रको मूल्य पनि उल्लेख्य घटेको छ।
सोमबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सबैभन्दा धेरै पटक कारोबार भएको छ।










