कांग्रेस महाधिवेशनमा मकवानपुर-२ बाट जेन्जि विकल्प बर्तौलाले उम्मेदवारी दिने

कोल्हवी न्यूज
२०८३ आश्विन ११, आईतवार २०:४६ गते

  • हेटौँडा । जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता, पुस्तान्तरण र युवा नेतृत्वको बहस बढिरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट युवा निर्माण व्यवसायी विकल्प बर्तौलाले उम्मेदवारी दिने भएका छन्।

 

 

युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको नीति निर्माण र निर्णय प्रक्रियामा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यसहित बर्तौला महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्।

 

 

बर्तौला राजनीतिक पृष्ठभूमिसँगै व्यवसाय र सामाजिक क्षेत्रमा समेत सक्रिय युवा हुन्। उनको परिवार लामो समयदेखि नेपाली कांग्रेससँग जोडिँदै आएको बताइन्छ। पञ्चायत व्यवस्थाविरुद्धको संघर्षदेखि बहुदलीय लोकतन्त्र हुँदै गणतन्त्र स्थापनासम्मको राजनीतिक परिवर्तनको यात्रामा उनको परिवार कांग्रेसको राजनीतिक आन्दोलनसँग जोडिएको पृष्ठभूमि रहेको छ।

 

 

निर्माण व्यवसायमा समेत सक्रिय बर्तौला ‘आईपी कन्स्ट्रक्सन’मार्फत निर्माण व्यवसायमा संलग्न छन्। व्यवसायसँगै उनी सामाजिक सेवाका विभिन्न अभियानमा पनि सक्रिय रहँदै आएका छन्।

 

 

 

बर्तौला लायन्स क्लब अफ हेटौँडा स्मारकका सन् २०२६ का सदस्य हुन्। त्यस्तै उनी हेटौँडा युवा अभियानका अध्यक्षका रूपमा युवालाई सामाजिक अभियानमा जोड्दै आएका छन्।
हेटौँडा युवा अभियानमार्फत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिएको बर्तौलाको भनाइ छ। अभियानअन्तर्गत रिलायन्स बोर्डिङ स्कुलमा निःशुल्क मेडिकल क्याम्प तथा आँखा परीक्षण गरिएको छ। त्यस्तै जितपुर भञ्ज्याङ स्कुलमा पनि सामाजिक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

 

 

त्यसैगरी सानोपोखरामा अपाङ्गता भएका एक बालकलाई ह्विलचेयर प्रदान गरिएको छ। सार्वजनिक स्थानको सरसफाइ तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडा बसपार्कमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको बर्तौलासँग सम्बन्धित विवरणमा उल्लेख छ।

 

 

 

युवा अभियानले ट्राफिक सचेतनामूलक कार्यक्रमलगायत विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधि गर्दै आएको छ। आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले हुप्राचौरमा ‘क्लोथ बैंक’ सञ्चालनसमेत गरिएको छ। प्रयोग गर्न मिल्ने कपडा संकलन गरी कपडाको आवश्यकता भएका गरिब तथा असहाय व्यक्तिलाई उपलब्ध गराउने उद्देश्यले क्लोथ बैंक सञ्चालन गरिएको हो।

 

 

 

राजनीति, व्यवसाय र सामाजिक क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएका बर्तौलाले अबको राजनीतिमा युवाको सहभागिता केवल नारामा सीमित नभई निर्णय गर्ने तहमा समेत हुनुपर्ने धारणा राख्दै आएका छन्।

 

 

 

कांग्रेसको १५औँ महाधिवेशनमा युवा सहभागिता र नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकताका साथ उठाइएको छ। यही परिवेशमा मकवानपुर–२ बाट बर्तौलाको उम्मेदवारीले युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय नयाँ पुस्ताको कांग्रेसभित्रको सहभागिताको विषयलाई स्थानीय तहमा समेत चर्चामा ल्याएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*