रोनन सुब्बा र समिक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक
काठमाडौं । गायक रोनन सुब्बा र गायिका समिक्षा अधिकारीको स्वरमा रोमान्टिक युगल गीत ‘कहिले होला’म्युजिक भिडियो सार्वजनिक भएको छ। रोनन सुब्बाकै शब्द,संगीत रहेको गीतलाई देवेश राइले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाइ रोनन सुब्बाको अफिसियल युट्युव च्यानल (Ronan Subba ) मार्फत सार्वजनिक गरिएको हो।
नायक आकाश श्रेष्ठ,नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको प्रेमिल शैलीको भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ। लोकप्रिय निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा रोशन बिकेको कोरियोग्राफी,उत्तम हुमागाईको छायांकन,विकाश धमलाको सम्पादन रहेको छ। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
युट्युब लिन्क तल छ।










