बारा कोल्हवीका अनूपराम चौधरी र दिपनी थरुनीको बिद्यालय परिसरमा शालिक अनावरण

कोल्हवी न्यूज
२०८३ आश्विन १०, शनिबार १७:५२ गते

कोल्हवी । थारू समुदायका अग्रज व्यक्तित्व अनूपराम चौधरी र दिपनी थरुनीको शालिक अनावरण गरिएको छ। विद्यालय परिसरमा निर्माण गरिएको दुवै व्यक्तित्वको शालिक एक कार्यक्रमबीच अनावरण गरिएको हो।

 

 

 

शालिकमा उल्लेख भएअनुसार अनूपराम चौधरीको जन्म वि.सं. १९५५ सालमा भएको र निधन वि.सं. २०२९ सालमा भएको थियो। त्यसैगरी दिपनी थरुनीको जन्म वि.सं. १९६१ सालमा र निधन वि.सं. २०३० सालमा भएको उल्लेख छ।

 

 

शालिक अनावरणसम्बन्धी स्मारकमा मधेश प्रदेशका शिक्षा मन्त्री माननीय मनोजकुमार सिंह तथा विद्यालयका संस्थापकका नाति विपिन बिहारी चौधरीको संयुक्त बाहुलीबाट शालिक अनावरण सम्पन्न भएको उल्लेख गरिएको छ। शिलालेखमा अनावरण मिति वि.सं. २०८३ असोज ९ गते उल्लेख छ।

 

 

समुदायका अग्रज तथा इतिहाससँग जोडिएका व्यक्तित्वको सम्मानस्वरूप शालिक निर्माण गरी सार्वजनिक रूपमा स्थापित गरिनुले स्थानीय इतिहास, संस्कृति र योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

 

 

 

विशेषगरी थारू समुदायको सामाजिक तथा सांस्कृतिक इतिहासमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको स्मरण र सम्मानले स्थानीय पहिचान संरक्षणमा समेत भूमिका खेल्ने देखिन्छ।

 

 

 

शालिक निर्माणपछि विद्यालय तथा स्थानीय समुदायमा आफ्ना अग्रजहरूको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउन सहज हुने विश्वास गरिएको छ। स्थानीय इतिहास र संस्कृतिसँग सम्बन्धित यस्ता सम्पदा संरक्षण गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा समेत जोड दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*