बुधवारकाे माैसम : वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा सफा रहने

कोल्हवी न्यूज
२०७८ मंसिर १, बुधबार ०७:३४ गते

बुधवार सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै, राती प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले देशभर जाडो बढ्ने क्रम जारी छ । चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*