नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १८:२० गते

कतार भ्रमणमा रहेको नेपाली टिमले आफ्नो पहिलो खेलमा आयोजक टिमलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कतारको दोहामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै चार विकेट गुमाएर १४७ रन बनाएको हो।

नेपालका लागि ओपनर सिता राना मगरले ३९ रन बनाएकी थिइन्। त्यस्तै, रिटायर्ड आउट भएकी इन्दू वर्माले ४७ बलमा ५५ रन बनाइन्। उनले ५ चौकाको मद्दतमा सो रन बनाएकी हुन्।

यता, रन आउट भएकी सरिता मगरले २१ रन जोडिन्। ओपनिङमा आएकी काजल श्रेष्ठले सम्झनलायक प्रदर्शन गरिनन् भने कप्तान रुविना क्षेत्री पनि शून्य रनमा आउट भइन्।

कतारका लागि एन्जिली म्यारी र सबिजा पनयनले समान १–१ विकेट लिए। नेपालले पहिलो टी(२० आई कतारसँग खेलेको हो भने नेपाली राष्ट्रिय महिला टिमले २३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेलेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*