बारामा मोटरसाइकलबाट हाम फाल्दा घाइते युवकको उपचारका क्रममा मृत्यु

कोल्हवी न्यूज
२०८३ आश्विन ५, सोमबार १६:०० गते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै मोटरसाइकलबाट हाम फाल्दा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

असार २ गते रमौलीबाट जितपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि सवार जितपुरसिमरा–८ का २४ वर्षीय राजु सहनीले सडकमा अचानक सर्प देखेपछि अत्तालिएर मोटरसाइकलबाट हाम फालेका थिए।

हाम फाल्दा गम्भीर घाइते भएका सहनीलाई तत्काल उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो। सघन उपचारका क्रममा चिकित्सकले उनलाई असार ४ गते राति १२ः५४ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*