बारामा कुरकुरेदेखि लत्ताकपडासम्म बरामद, ४ सवारीसाधन पनि नियन्त्रणमा

कोल्हवी न्यूज
२०८३ आश्विन ५, सोमबार ०७:१७ गते

बारा । बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाबाट खटिएको टोलीले आइतबार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुरकुरे, सुर्ती, जुत्ता तथा लत्ताकपडालगायतका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार कारबाहीका क्रममा २ थान साइकल, १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरिएको छ।

बरामद सामान तथा सवारीसाधनको कुल अन्दाजी मूल्य ७ लाख ९५ हजार ५०० रुपैयाँ रहेको अधिकारीले जानकारी दिए।

बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*