हेटौंडामा स्याउ बोकेको टेलर पल्टियो, दुई घाइते

कोल्हवी न्यूज
२०८३ आश्विन ५, सोमबार ०७:१४ गते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नयाँबस्ती सयफुटस्थित महेन्द्र राजमार्गमा टेलर गाडी दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

वीरगञ्जबाट स्याउ बोकेर काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर गाडी अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालक निदाएका कारण गाडी अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरका करिब २५ वर्षीय चालक नरेश महतोको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही स्थानका करिब २८ वर्षीय सहचालक रमेश कुशवाहको ढाड र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको नदेखिएको र टेलर नियन्त्रणमा राखिएको छ। दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको भए पनि राजमार्गमा यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*