मोटरसाइकलको ठक्करबाट सर्लाहीमा पैदलयात्रीको मृत्यु, एक घाइते
सर्लाही, ४ असोज । सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति भएको दुर्घटनामा स्थानीय ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतो पनि घाइते भएका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।










