ओलीको तस्बिर राखेर झाँक्रीको सन्देश : ‘भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’

कोल्हवी न्यूज
२०८३ आश्विन ४, आईतवार १५:२८ गते

४ असोज । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित सामाजिक सञ्जालमा सांकेतिक सन्देश सार्वजनिक गरेकी छन्।

एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वलाई लिएर बहस चलिरहेका बेला झाँक्रीले संकटका समयमा एकअर्कालाई साथ दिनुपर्ने आशयको धारणा सार्वजनिक गरेकी हुन्।

उनले जीवन सधैँ संघर्ष र प्रतिस्पर्धामै सीमित नहुने उल्लेख गर्दै कुनै समय आफूलाई पनि कसैको साथ, सहयोग र मार्गदर्शन आवश्यक पर्न सक्ने बताएकी छन्।

ओलीको तस्बिर राखेर उनले लेखेकी छन्, ‘कसैलाई कुनै दिन कसैको हात चाहिन्छ, कुनै दिन बाटो देखाउने र म छु भन्ने मानिस चाहिन्छ।’

झाँक्रीले सामाजिक सञ्जालमा कसैलाई तल तान्ने प्रयास गर्दा त्यसको असर आफू उभिएको आधारमै पर्न सक्ने संकेतसमेत गरेकी छन्।

एमालेमा पछिल्लो समय निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा नेतृत्वसँग सम्बन्धित विषयमा छलफल चलिरहेका बेला झाँक्रीको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*