तेस्रो संस्करणको एनपीएल खेलतालिका सार्वजनिक, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

कोल्हवी न्यूज
२०८३ आश्विन ४, आईतवार ०६:४९ गते

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक ९ गते अर्थात् २६ अक्टोबरदेखि सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

एनपीएलका समूह चरणका खेलहरू १५ नोभेम्बरसम्म सञ्चालन हुनेछन्। यसपटक पनि प्रतियोगिताका खेल दिउँसो तथा रात्रिकालीन समयमा फ्लडलाइटमा खेलाइने क्यानले जनाएको छ।

प्रतियोगिताअन्तर्गत पहिलो क्वालिफायर १७ नोभेम्बरमा, एलिमिनेटर १८ नोभेम्बरमा र दोस्रो क्वालिफायर १९ नोभेम्बरमा हुनेछ। फाइनल खेल भने २१ नोभेम्बरमा आयोजना हुनेछ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताका दुवै संस्करणमा उपविजेता बनेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*